"शुभकामना-गजल" ।

छार गोङमा मासिकको सयौँ अङ्क सफलतापूर्ण पार भएको अबसरमा "शुभकामना-गजल".......।

सफलताको शिखर यसरी नै चढ्नू छार गोङमा ।
आफ्नो हकहितको लागि अघी बढ्नू छार गोङमा ।।

बिघ्न नआउँलान् नसोच्नू, यात्रा नडक्मकाउनू ।
उद्धेश्य प्राप्तिको लागि हरदम लड्नू छार गोङमा ।।

सयौँ पाइला चालिसक्यौ, सयौ हजारौँ बाँकी छ ।
दुनियाँको पर्बाहबिना अहोरात्र खट्नू छार गोङमा ।।

चेतनाको उज्यालो छर्नु छ, अझ धेरै गर्नु छ ।
तामाङ गाउँबस्ती मनमनमा गड्नू छार गोङमा ।।

सफलताको शिखर यसरी नै चढ्नू छार गोङमा ।
आफ्नो हकहितको लागि अघी बढ्नू छार गोङमा ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।