ह्याङ्ला डिही कलेट टोलको सत्र वर्शे यात्रामा ...

रमिता दोङ 
ह्याङ्ला  डिही कलेट टोलको सत्रौ वार्शिक भेला तथा चौथो साधारण सभा २०६९-७-३० मा समापन गरियो | यस संस्था समाजमा  रहेका ब्याप्त विक्रिती र विसंगती लाई नियन्त्रन तथा निर्मुल गर्ने मुख्य धेयका साथ एउटै बाजेका सन्तानहरुलाई २०५२ सालमा ह्याङ्ला  डिही कलेट टोलको नाममा  सङठित गरिएको  थियो |

संगठनले  तत्कालिन समयमा ग्याम्पा फुटाऔ अभियान तथा तास, जुवामा प्रतिवन्ध लगाएको थियो जुन पूर्ण रुपमा सफल भयो र आजसम्म पनि निरन्तर चलिआएको छ | त्यस्तै, तमाङहरुको सुनौलो ईतिहास, पहिचान, अधिकार सँग दशै- तिहार नजोडिएकाले तीन बर्ष देखि परित्याग गरी सोनाम ल्होछार मनाउँदै  आएको छ |

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।