तामाङ परिवार बेल्जियमको बिशेष पहलमा, नयाँ कदम:

शनिबार,२०६८-मङ्सिर १७,  
काठमाडौं, नेपाल ।
तामाङ चौतारीको नौलो उदाहरण, तामाङ चौतारीको बेल्जियमका Country co-ordinator सोनाम लामा ज्यूको पहलमा बेल्जियम नागरिकमा पनि एउटा बौद्ध धर्मको मान्यता र आस्था जगाउन सफल भई बेल्जियम नागरिकले आफन्तको सु स्वास्थ्यको कामनाको लागि रु. ३०,२४५ रकम ड्रक पेमा कर्पा क्लिनिकको दान गर्नुभयो । उक्त दान रकम गरिब असहायको उपचारमा खर्च गरिनेछ । सलाम दिनैपर्छ, सोनाल लामा ज्यूलाई अनि बेल्जियम नागरिकलाई ।।मनलाई जत्तिसुकै कठोर बनाएपनि आपतबिपतमा सम्झिन्छ नै । चाहे एसियामा बस्ने, चाहे त्यो युरोपका ठूला शहरमा बस्नेहरु नै किन नहोस् । दानबाट पुन्य मिल्छ भन्ने आस्थामा ती आफन्तले बुद्धलाई सम्झिन विर्सेनन् । बुद्ध गुम्बा नजिक ड्रक पेमा कर्पा क्लिनिकमा तामाङ चौतारी मार्फत हस्तान्तरन गरियो । सो रकम तामाङ चौतारीका महासचिब विनोद तामाङ (सुजन) ले हस्तान्तरन गरेका थिए ।

कुराकानीको क्रममा तामाङ चौतारीका महासचिब विनोद तामाङ (सुजन) ले तामाङ चौतारी संस्थाको उद्धेश्य, यसले विगतमा गरेका कार्यहरु, चौतारीको भावी योजनाहरुको समेत जानकार गराएको थियो । थप कुराकानीमा “तामाङ चौतारी ७००० भन्दा बढी सदस्यहरुको ढुकढुकी भईसकेको र यसमा आबद्ध सदस्यहरु विशेष गरी युवा जोशले भरिएका छन् । विश्वमा ९० भन्दा बढी देशहरुबाट दैनिक २००० भन्दा बढी सदस्यहरुले भिजिट गर्ने गर्छन् भनेर दाबी समेत गरेका थिए । तामाङ चौतारी ती गरिबका घरमा पुगेका छन्, उपचार गर्न नसकेका मान्छेहरुको उपचारको लागि देशविदेशमा रहेका ब्यक्तिहरुबाट सहयोग जुटाउने सामाजिक सञ्जाल हो ।”

रकम हस्तान्तरन गरिसकेपछि खुशी ब्यक्त गर्दै ती फ्रेन्च डक्टर जोडिले आफ्ना कटु तिक्तताका अनुभवहरुलाई साटेका थिए । भन्दै थिए, “नेपालमा काम गर्न मुस्किल छ । कहिले भाषाको समस्या, कहिले मान्छेमा स्वास्थ्यको बारे बुझाईमा समस्या ।” थप्दै भनेका थिए, “एक ताका त्यो ठाउँमा १० डेलिभरी केस परेको थियो । त्यसमध्ये ३ जनालाई काठमाडौंको अस्पताल, ५ जना घरमै राखिएका र २ जनालाई त्यो हस्पिटल ल्याएका थिए । डेलिभरी हुन नसकी झन्डै ज्यान गुमाउन लागेको अन्तिम अवस्थामा ल्याएको थियो ।” डेलिभरी भईसकेपछि खिया लागेको हँसियाले नाल काँटेको जसले आमा र बच्चा दुवैको ज्यानमाथि खेलबाड गरेको कुरा सुनाएका थिए । कहिलेकाही यसो बस्तीमा जाँदा आउनुस् न, त्यही माथि अस्पताल छ, सुविस्धा छ भन्दा जवाफ आउने गर्छ रे “उकालो चढ्न गाह्रो छ” । एकैछिनको गाह्रोसँग मृत्यु साट्न तयार छन् यहाँका मान्छेहरु ।

तामाङ युवा जोश र जाँगरले भरिएको तामाङ चौतारी समुहको खुलेर समेत तारिफ गर्न चुकेका थिएनन् । आगामी दिनमा यदि स्वास्थ्य शिविर वा यस्तै कार्यक्रमहरु गरिएको खन्डमा सहयोगको लागि सदा तत्पर रहेको कुरा बताएका थिए ।

सो रकम हस्तान्तरन समाहरोहमा तामाङ चौतारी समुहका महासचिब सुजन लामा, सदस्यहरु मणिकलाल घिसिङ तामाङ, उपास लामा, विशाल लामा, सोनिस्ता लामा, ममता मोक्तान, मनोज लामा, साम्तेन लामा उपस्थित थिए । सबै जना सदस्यहरुको परिचय सहित उपस्थित हुदाँ ती फ्रेन्च जोडी अत्यन्तै खुशी भएका थिए । साथै विभिन्न कक्षहरुको समेत अवलोकन गराईएको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।