गजल

जानीजानी तिम्रो मायामा फस्न मन लाग्यो
कसैले नदेख्नेगरी मनमुटुमै पस्न मन लाग्यो

रोमियो जुलियटको झैं अर्को जोडी बनाउन
कुरा मिलाई लगनगाँठो कस्न मन लाग्यो

सँगै जिउने, सँगै मर्ने बाचा-कसम खाएर
तिम्रै समीपमा सधैंभरीं बस्न मन लाग्यो

मायाको नशा त्यो मनभरी फिजाई दिन
सर्पले झैं तिमीलाई नि डस्न मन लाग्यो

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।