गजल:

तिमीसँग बिताएका सम्पूर्ण याद प्यारो लाग्छ ।
न्यानो तिम्रो अङ्गालोको साथ प्यारो लाग्छ ।।

थोरै बोल्छ्यौ, तर सबै मनको कुरा खोल्छ्यौ ।
थोरै शब्दमा बोलिएका मिठो बात प्यारो लाग्छ ।।

सल्बलाउछन् भावनाहरु तिमीलाई साथ पाउँदा ।
स्पर्शको आनन्दी महशुस गर्ने हात प्यारो लाग्छ ।।

कुनै क्षण बोली नसुन्दा मन साह्रै बेचैन हुन्छ । 
सुरिलो बोली सुनेपछिको रात प्यारो लाग्छ ।।

तिमीसँग बिताएका सम्पूर्ण याद प्यारो लाग्छ ।
न्यानो तिम्रो अङ्गालोको साथ प्यारो लाग्छ ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।