गजल

जिन्दगीमा अघि बढ्दा, कैयौपटक लडे बरै
बल्लतल्ल उठ्न खोज्दा, दलदलैमा गडे बरै

कल्पनाका ठुला महलहरु ठडाउथे सपनीमै
फलिफाप हुनु त कताकता, ब्यर्थै सडे बरै

मनले मुटुलाई सान्त्वनाको टेको दिन्थे
त्यसैमा आँगो लाग्दा, भित्र भित्रै डढे बरै

मौका छोप्दै गन्तब्यको शिखर चुमाउन
झिंजा फाँटेका पाईला पीडासँगै बडे बरै

भत्किएको जीन्दगीलाई सम्हाल्दै फेरि
संघर्षको अर्को विशाल पहाडहरु चढे बरै

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।