Blood Donations:

तामाङ चौतारी र सफलतापूर्वक सम्पन्न रक्तदान कार्यक्रम ः
तामाङ चौतारी ल्होछारको रमझममा मात्र सिमीत रहन चाहेनन् तर १११ विभिन्न तामाङ सँघसंस्थाहरुभन्दा एक छुट्टै काम गरेर आफुलाई एक छुट्टै समूहको रुपमा स्थापित गर्न–गराउन चाहन्थे । जसअनुसार रक्तदान जस्तो महत्वपुर्ण काम टुँडिखेलको स्टल नम्वर २२ मा सफलतापुर्वक सम्पन्न गरियो ।

चौतारीको साथीहरुको चहलपहल देख्दा अन्यले अनुमान गर्दो हुन् “आज टुँडिखेलमा यी साथीहरुको समूहले ठूलै काम फत्ते गरेरै छाड्ने छन्” भनेर । घडीले १०.३० हानिसकेको अवस्था थियो, चौतारीका साथीहरुको काम निकै हत्तारिएको जस्तो लाग्थ्यो । किनकी रक्तदानको लागि समय दिइएको थियो १० बजेको । केही प्राविधिक र अन्य कारणहरुले गर्दा ११ वजे बल्ल सबै ब्यवस्था मिलाइएको थियो ।

केही पहिले गरेका काममा अर्को थप काम :

तामाङ चौतारीले आफ्नो स्थापना कालको छोटो समयमा धेरै सामाजिक कामहरु प्रस्तुत गरिसकेका छन् । कहिले तामाङ चौतारी समूह गरिवीको कारण उपचार गर्न नसकेका गाउँ वस्तीमा निशुल्क स्वास्थ्य शिविर पुगेका छन् त कहिले जेहेन्दार विद्यार्थीको लागि भविष्यसम्म डोहो¥याउने खुड्किलो बनेको छ । सामाजिक कार्यक्रममा अर्को एक सामाजिक कामलाई प्रवेश गराएको छ “रक्तदान” गरेर । “रक्तदान जीवनदान हो” यसर्थमा चौतारीबाट जीवनदानको काम सम्पन्न भएको छ भनेर भन्दा अत्युक्ति नहोला ।

स्वयंसेवकहरुको कार्य ः
विहानीको झिस्मिसेले जिस्क्याइदिदा, सबैको ध्यान त्यही रक्तदान कार्यक्रमले खिचिदिदा निन्द्रा भङ्ग पार्दै एकाएक फोन नम्वर थिच्न ब्यस्त थिए “को कस्ले के के तयारी भन्ने सवाल चारैतिर फोनमार्फत” । आफुलाई दिइएको जिम्मेवारीलाई सबै साथीहरुले पुरा गरेका देख्दा सबै खुशी देखिन्थे । अर्को कुरा, साथीहरुलाई एक बाध्यत्मक परिस्थितीमा पारीएको थियो “तामाङ भेष अनिवार्य” लाउनै पर्ने । बाध्यत्मक परिस्थिती थियो, राम्रोको लागि, आफ्नो पहिचानको लागि र तामाङ हुनुको गर्व महसुस गर्नको लागि ।

विहानै कसैले त एक कप चिया चुस्की लिन पनि पाएको थिएन, उपस्थिती टुडिखेलमा । स्वयंसेवकको रुपमा तामाङ चौतारीकै साथीहरु दीपेन्द्र दोङ तामाङ, चण्डिकलाल घिसिङ, सुजन लामा, मौशमी वाईवा, विनी ग्लान, दिपेश ग्लान, मुस्कान ब्लोन, आरके तामाङ, मिनु वाइवा, चादनी लामा, कमल मोक्तान, सोनिस्ता लोप्चन, वाइजन, सजक योञ्जन, निरु लामा, अशोक लामा, सुमीत वाइवा, ममता मोक्तान, सन्जु लामा, कल्पना घिसिङ, सविना योञ्जन लगायतका साथीहरु विशेष लाग्नुभएको थियो ।

१ बजेसम्म भनेर राखिएको उक्त कार्यक्रम २ बज्दासमेत सहभागीहरुको उपस्थितिले भ्याउन हम्मे नै परेको थियो । एकातिर स्वयमसेवक चौतारीका साथीहरु बिहानै देखी निरआहार, २.३० बज्दासम्ममा बल्ल फुर्सद मिलेको जस्तो भो । अनि बिहानको खाना र दिउसोको खाजाको रुपमा मात्र एक प्लेट फ्राइ राइस खाएर पेटको भोक शान्ता पार्नुपरेको थियो ।

के पाए र के गुमाए तामाङ चौतारी समुहले ?
के पाए त बास्तबमै भनेर उपलब्धी खोज्ने हो भने "तामाङ चौतारी समुहले सन्तुस्टी पाए, गर्ब गर्नसक्ने ठाउँ पाए" । सामाजिक कार्य गर्न त्यत्ति साह्रो सजिलो काम पक्कै होइन । त्यसैले समाज सेवा गर्छु भनेर लाग्नेहरु पहिले केही गर्छन् र विस्तारै सेलाएर विलीनताको अवस्थामा पुग्छन् । राम्रा काम गर्दा दुःख सुख दुवै खाले कुराहरु झेल्नुपर्छ, जो यसो गर्न सफल भइन्छ “सफलता आफै पछि लाएर आउछन्” पनि ।

कुनैपनि सामाजिक कार्य सम्पन्न गर्न आर्थिक महत्वपूर्ण पाटो बनेर खडा भइदिन्छन् । हामी तामाङ चौतारी समूहले रक्तदान कार्यक्रम सम्पन्न त गर्ने भन्यौ तर आर्थिक कसरी जुटाउने भन्नेमा ध्यान केन्द्रित भयो । त्यसैले प्रत्येक बोर्ड मेम्वरबाट जनही १ हजार रुपैयाँ उठाउने निर्णयमा पुग्यौ र उठायौ पनि । त्यसबाट फलफूल जुस र केही अन्य परिकार किनेर रक्तदान गर्नेलाई दिने ब्यबस्था मिलाएको थियो ।

उपस्थिती र सहभागिता :
सुरुमा केही सुन्यता देखिएतापनि केही समय ब्यतितसँगै खुलेर रक्तदान गर्छु भन्नेहरुको सङ्ख्या अचानक बढेको थियो । स्वयम सेवक साथीहरुलाई सेवा गर्न हम्मे हम्मे नै परेको थियो । बिभिन्न संघ सँगठन प्रती आबद्ध ब्यक्तिहरुको उपस्थिती देख्न सकिन्थ्यो । चर्चित गायक-गायिका चन्द्रकुमार दोङ र इन्दिरा गोलेको उपस्थिती, तामाङ युवा समाज(TYS)को साथीहरु, पहिलो हेल्थ क्याम्पमा सहयोग गर्ने डक्टरहरु, तामाङ चौतारीको कार्यमा समर्थन गर्नुहुने आसिश लामा लो, चन्द्र बज्यु लगायत अन्य सर्बसाधारणहरुले खचाखचकै स्थिती थियो ।

रेडक्रसका डक्टर र कर्मचारीहरु नै दङगदास् परेको थियो त्यत्ती धेरै सहभाबिहरुको उपस्थिती देख्दा । हामीले सोचेका थियौ करिब् ५० जना जत्तीको उपस्थिती हुन्छ होला भनेर, तर हाम्रो त्यो अनुमान फेल खायो । १०० जनाभन्दा बढीको सङ्ख्यामा उपस्थिती भईदिदा पछील्लो रक्तदान गर्छु भनेर आउनेहरुलाई निरश पारेर फर्काउनुपरेको थियो । तामाङ तथा गैर तामाङहरुको उल्लेख्य सहभागिताले कार्यक्रम सफलअतापुर्बक नै सम्पन्न गरियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।