जान्दाजान्दै गल्ती गरेकै हो

टेलिभिजनको पर्दामा जब छोरोलाई सम्झिदै आशुका थोपाहरु टिल्पिलाउथे, अनि मन सर्लक्कै पीडामा ओर्लेको पत्तो भएन । जसको लागि आफ्नो सिङ्गो सपनाहरु बन्धकमा राखे, तर सहारा दिने छोरो पराय स्त्रिको काखमा लुट्पुटिएर आफ्नो कर्तब्यलाई बिर्सिदिए ।। ब्यङ्ग्य ती छोराहरुलाई अनि सम्मान उच्च, आमाहरुलाई अनि यसरी पोखाउन चाहे:

साँच्चै गल्ती भएकै हो
जानेरै गल्ती गरेकै हो
आफ्नोभन्दा छोरोको सपना प्राथमिकतामा राखेथे होला
दु:ख सहदै-खप्दै-छोप्दै छातीमै सधैं टाँसेर राखेथे होला
हो त्यही छातीमा लाती हानिदिए
यसो गर्दा कत्ती मुटु दुख्दो हुन्
महसुस कहिल्यै गरेनन्
गर्न नि कहिल्यै जानेनन्
केवन उनले जाने त पीडाको तीर रोप्न...........।।

आफ्नै मुटुको टुक्रा ठानी सम्हाल्थे होला
उनको लागि आफु दु:खमा ओराल्थे होला
सिङ्गो सपना सजाउथे होला
मिठो हासोसँगै रमाउथे होला
तर
आमाको फरिया तान्दै हिंड्ने छोरो हलक्कै बढीसकेछ
उनमा त उन्माद बैशको नशा नै सर्लक्कै चढिसकेछ
अनि जवानी आईमाईको फरिया तान्दै पछी लाग्दा
कत्ती मुटु दुख्दो हुन्
महसुस कहिल्यै गरेनन्
गर्न नि कहिल्यै जानेनन्
केवन उनले जाने त पीडाको तीर रोप्न...........।।

यस्तो थाहा पाउदो हुन् त, गर्भमै तुहाउथे होला
अहिले चुहाउने आशु त्यतिखेरै चुहाउथे होला
टुहुरोको नाम दिनबाट बचाउदै
बन्धक सपनाहरुलाई सजाउदै
अरु पुरुषको साथ रोज्न मानेन
त्यही ठुलो शायद गल्ती उनको
सपनाहरु ब्यर्थमा सजाइ ब्यर्थमा टुट्दा
कत्ती मुटु दुख्दो हुन्
महसुस कहिल्यै गरेनन्
गर्न नि कहिल्यै जानेनन्
केवन उनले जाने त पीडाको तीर रोप्न...........।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।