उनको सफलतामा साटिएको हासो::

यो तस्बिरले सानो बेलाको केही यादहरुलाई फेरी ताजा बनाइदियो । सानो छदा निकै लज्जालु उनी अनि म पनि, एकै कक्षामा अध्ययन गर्दा पनि हामी बोल्दैन थियौ । कमै बोल्ने उनको स्वभाव देख्दा लाग्दैन थियो आजको चर्चित रेडियोकर्मी हुन्छ भन्ने । तर समय र परिस्थितीले उनलाई सबैको प्रिय पात्र बनाइदिएको छ, त्यसैले त उनको कार्यक्षमताको मुल्याङ्कन गर्दै सम्मानित एक ब्यक्तीको रुपमा तामाङ महासंघ पनि उनलाई सम्मान गर्न पछी परेनन् ।

प्रतेक कक्षाबाट अर्को कक्षामा प्रबेश गर्दा मेरो स्थान अग्रपङ्तिको "एक"मा पर्थ्यो । अरु साथीहरुले जिस्क्याउदा-होच्याउदा झगडा गर्नुको सट्टा बेस्सरी रुन्थे, रिस भौतिक रुपमा नदेखाउने मेरो स्वभावले सानोमा "गम्भिर बहादुर" नामैले पनि सम्बोधन गरिन्थ्यो । सबै पाठ तथा अभ्यासहरु मैले राम्रो सँग गरेर बुझाउदा अन्य साथीहरुले भने पिटाइको घाटा बेहुर्नुपर्थ्यो । डहू माबि स्कुल अनि त्यही नजिकै भएको सानो बनबाट लट्ठी ल्याउन लगाउथे । साथीहरुलाई लाइन लगाएर पिट्दा भने ती पिटाइ खानेहरुको भन्दा मेरो मन दुख्थ्यो । शान्ति दोङ, साबित्री दोङ, म्हेन्दो माया लामा, लक्ष्मी लामा र केही साथीहरु सानैमा आफ्नै छुट्टै समुहमा बाधिएर हिड्दा राम्रो लाग्थ्यो । आफ्नै एक खाले मिलनसार समुह, जसलाई एक राम्रो समुह भनेर भन्दा आपत्ति नहोला ।

सधैं प्रथम हुने मेरो क्षमताको कदर होस् भनी काठमाडौं ल्याइयो, सँगै पढ्ने साथीहरुसँगको बिछोडको यात्रा निरन्तर चलिरह्यो । शान्ति दोङ तामाङ संचार क्षेत्रमा चलेकै नाम, नाम शान्ति भन्ने चाँही थाहा थियो तर थरमा भने केही कन्फ्युजन । रमेश तामाङ जि(तामाङसमाज डटकमका सन्चालक, हाल TYS मेम्बर तथा तामाङ सरोकार पत्रिकाको फोटोग्राफर)ले भन्नु भो "मणिक जि मैले हजुरको बाल्यकालको एक जना साथी भेटेको छु शान्ति दोङ । अलिअलि याद आको जस्तो, अलिअली बिर्सेंको जस्तो,,तर मान्छे देख्ने बितिक्कै उही बाल्यकालको अनुहार चिर परीचित थियो ।

सानोमा कहिलेकाही काम पर्दा मात्र बोल्ने तर धेरै समयपछी भेट्दा सम्बोधनको लागि शब्द नपाउदा ठुलै मान्छेलाई जस्तो सम्बोधनमा फ्याफुल्ला(नमस्कार) नै पो गरे । भेट हुँदा लाज लागेलागे जस्तो, केही बोल्न आतुर भएभए जस्तो, होस् गुमाएको लाटो जस्तो, खोइ कस्तो कस्तो अनुभवको समिश्रनमा मिसिएको मेरो बोलिहरु शायद छुटेपछिको पहिलो भेटमा मनको कुरा आधी पेटमै बाँकी रह्यो ।

फोन नम्बर माग्न सेमत पो बिर्सेंछु अनि त्यसै क्रममा कुन्नी हो एक तामाङ सस्थाले भब्य सास्कृतिक कार्यक्रमको तयारी गरिरहेका थिए । संचार कर्मिहरुको नाम सहित फोन नम्बर टासिएका थिए,,अनि शान्ति दोङको नाम देख्ने बितिकै फोन नम्बर टिप्न हतारो थियो । हेहे टिप्न नपाउदै फोन गर्न पो भ्याइसकेछु ।

ओ हो म त हेर्दा हेर्दै भावनाको सागरमा चुर्लुम्मै डुब्न पो थालेछु,,उनको सफलतामा मेरो एक हासो बाड्दाको यो तस्बिरले दिलाएका यादहरु........ 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।