गजल

फुत्केर उफ्रिन खोज्ने गोरुलाई भो नार्छु भन्दिन
झार्नै नसक्ने आकाशको तारा भो झार्छु भन्दिन

पीडाहरुले डस्दा मन अनायासै त्यसै मर्दो रहेछ
मरेको मनलाई फेरि ब्युँझाई भो मार्छु भन्दिन

तिम्रो खुशीमा मेरो नि खुशी मिसाईदिउला बरु
गए नि जाऊ माया जालमा भो पार्छु भन्दिन

जत्ती पाइला चाल्छ्यौ चाल पछी मै हटिदिउला
अर्कैको साथ रोज्छ्यौ, नदी भो तार्छु भन्दिन

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।