Tamang chautari Get together

उपस्थितिः
अमृत योञ्जन (भाषविद)
कतार तामाङ समाजका प्रमुखः शंख तामाङ
नेपाल तामाङ कलाकार संघ ःचन्द्र कुमार दोङ, रोज मोक्तान, विजय लामा, आशुसेन लामा
तामाङ विद्यार्थी घेदुङ
तामाङ युवा समाज
अमर सरोवर, रेनु लामा(मोइसाङ), अशोक घिसिङ, गणेश लामा, रेशम लामा, सुजना लामा, जेवी तामाङ

कार्यक्रम एक झलक:
तामाङ चौतारीको स्थापनायता तामाङ चौतारी समुहले विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् । र हालसालै एक भेटघाट कार्यक्रम पनि प्रिथक रुपमा भब्यताका साथ सम्पन्न गरेको छ । भेटघाट केवल मनोरञ्जन र गफगाफमा मात्र सिमीत नराखी विभिन्न खाले मुद्धाहरुमा पनि छलफल र बहस चलाइएको थियो । त्यसैले पनि विगतमा भन्दा यसले प्रिथक मोड लिएको भनेर जिकिर गर्न सकिन्छ । कार्यक्रममा देशविदेशबाट विभिन्न क्षेत्रमा आबद्ध ब्यक्तित्वहरु, बुद्धीजीवी, पत्रकार, तामाङ चर्चित कलाकार, तामाङ चौतारीलाई माया गर्ने शुभचिन्तक तथा तामाङ चौतारीका सदस्यहरु (विदेशबाट आउनुभएको) सहभागीताले निकै शोभनिय बनाएकोे थियो ।

कार्यक्रमलाई दुई चरणमा बाडिएको थियो । पहिलो चरणमा परिचयात्मक कार्यक्रम र दोश्रो चरणमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रम समापन लगत्तै कार्यक्रमा पाल्नुभएका सम्पुर्णलाई स्वागत गर्दै गणेश लामालाई सम्मान पत्र वितरण गरिएको थियो । साथसाथै अमृत योञ्जनलाई जन्मदिनको अगृम शुभकामना पनि दिईएको थियो ।

दोश्रो चरणको कार्यक्रममा तामाङ चौतारीका महासचिब विनोद तामाङ(सुजन)ले तामाङ चौतारीले विगतमा गरेका ार्यक्रमहरुको प्रगति विवरण र केही महत्वपुर्ण सवालहरुलाई छलफलको लागि अगाडि सारिएको थियो । जसमा

१)सार्वजानिक वहस(समसामायिक विषयहरुमा)
:तामाङ युवाहरु विदेशीनुको कारण(मंसिरको अन्तिम साता)
:पाठ्यक्रम र भाषासम्बन्धी बहस(ल्होछार ताका)
:ल्होछारको औचित्य र महत्वको सन्दर्भमा(माघको पहिलो साता)
२)पाक्षिक पत्रिका(तामाङ गाउवस्तीमा रहेका कुराहरुलाई समेट्ने)
३)Leadership Training
४)All Nepal Musical Tour
लाई अगाडि सारिएको थियो । त्यसपछि यसै विषयको वरीपरी रहेर छलफल गरियो । कार्यक्रममा खानपिन तथा डिनरको राम्रो ब्यवस्था गरिएको थियो । जसलाई गणेश तामाङ(तामाङ चौतारीका सदस्य, सहयोगी तथा शुभचिन्तक) ले स्पोन्सर गरिदिनुभएको थियो ।

रिपोर्टर:
मिनु वाइबा
मणिकलाल घिसिङ तामाङ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।