गजल:हाम्रा नेताहरु........

भाषन गर्दा ठुलै कुरा हाक्छन् हाम्रा नेताहरु
तर कार्यन्वायन नगर्दै भाग्छन् हाम्रा नेताहरु

नेपाली जनतालाई खुबै आशा देखाउछन् यहाँ
तर सबै लथालिंग पार्दै लाग्छन् हाम्रा नेताहरु

मागीखाने भाडो भएको छ पद र कुर्सी यहाँ
तर केही काम नगर्दै थाक्छन् हाम्रा नेताहरु

चुनाव आउँदा सबैको घरघरमा धाउछन् यहाँ
तर लाजैलाई छोप्दै भोट माग्छन् हाम्रा नेताहरु

वावा जयजयकार त्यसैको सबैले गर्छन् यहाँ
तर पीडाको घोच्ने तीर फ्याक्छन् हाम्रा नेताहरु

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।