गजल

खुल्ला मनभित्र राख्दा पनि पाउन सकिन
तिमीलाई बिर्सी अन्तै माया लाउन सकिन

छट्पटाहट दिलभित्र पीडाको ठुलै घाऊ थियो
घाउलाई कोट्याइ, प्रीतको गीत गाउन सकिन

यी आँखाहरुले केवल तिमीलाई नै खोज्दै थिए
आँखा छोपी रुदैकराई,तिमीसामु आउन सकिन

लठ्ठै पार्ने तिम्रो नशालु जवानीको मात थियो
साथ छुटाएपछी, मायाको लागि धाउन सकिन

भुल्नु लेख्या रहेछ, तिमीले चटक्कै भुलिदियौ
बाचेर पनि, चाहेर तिम्रो मनमा छाउन सकिन

2 comments

aamamama gajal ta babal 6 ni. ekdam man paryo.

लासो थुजेछे यहाँलाई मन पराइदिनुभएकोमा, अनि सुन्दर भनी केही शब्दहरु पोखाइदिनुभएकोमा ..........

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।