जनता आशुको सागरमा डुब्दा .........

भ्रस्टहरुको जन्मिले
अराजकता थपिदै जान्छन्
जनता कुब्यबस्थामा लादिदै जान्छन्
अगाडि बढ्न चाहने खुट्टाहरु काटिदिन्छन्
अनि रमाउछन खुबै ठुलै काम फत्ते भो भनेर
तर के थाहा काटिएका ती खुट्टाले गर्दा
भोली कति बेहुर्नुपर्छ भोली भनेर .........!!

काट्नुपर्ने त भ्रस्टचारी खुट्टाहरुलाई
भाच्नुपर्ने त हो अन्याय गर्ने ती हातहरुलाई
तर सुरक्षा कवजमा यसलाई सुरक्षित राखिएको छ ........!!

जुन जोगी आएपनि कान चिरेकै छन्
जनताहरु फोहोर खेलको चपेटामा परेकै छन्
अध्यारोमा रुमल्लिन वाध्य भएकै छन्..........!!

नेताहरु माकुराले जाल फिजाएझै
सड्यन्त्रको जालोहरु फिजाउदै छन्
निर्दोस जनता जालमा फस्दै छन्
उम्केला भन्ने त कुरै छोडौ
झनझन् खतरा थपिदै छन् .............!!

जनता आशुको सागरमा डुब्दा
उनिहरु हासोको गल्गहाटमा रम्दै छन्
स्वर्ग छ त्यही ठाउँ हुनेखानेको लागि
नर्क छ त्यही ठाउँ नहुनेहरुको लागि
यस्तै रहेछ यहाँको चलन
रोदनको त्यो चिच्याहटले
कठोर मनलाई पगाल्न सकिन्न रहेछ .........!!

थिचिनेहरु त झनझन् थिचिदै छन्
सुन्दर सपनाहरु किल्चिदै छन्
कालो बादलमा मनमा पीर मडारिदै छन्
सहयात्रि हातहरु टाढिदै छन्
निर्धाले सजाय भोगिदै छन्
त्यत्तिले मात्र नपुगी
आफ्नै आफन्तलाई सत्रु बनाइ
लडाईंको मैदानमा उतार्दै छन् .............!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।