एउटा छोटो हास्यब्यङ्ग.......

इज्जत माथि दावा बोले, मुसा झै दूलोभित्र पसे हुन्छ
उनैले वास्ता गर्न छाडे भने, आफ्नो बाटो कसे हुन्छ

सकेसम्म मन त्यतै भुलाउदै गर्नु अनि टोलाउदै बस्नु
सक्दै नसके धरहराको टुप्पोबाट हाम फालेर खसे हुन्छ

सके रोमियोजुलियट झै अनमोल–बेजोड जोडी बनाउनु
नपाए उनलाई जीवनभर ब्रम्हचारी नै भई बसे हुन्छ

मनमा उनैलाई पाउने द्रिढ सङ्कल्प सपना सजाइरहनु 
कहिकतै सीप लागेन भने जीउभरी खरानी घसे हुन्छ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।