गजल-देश चलाउछु भन्नेले भुस्याहा कुकुर पालेका छन्

देश हाक्नेले भुस्याहा कुकुर पालेका छन्
जनताको हाड करङ सम्झी फालेका छन्

भ्रष्ट चोर डकैतीहरुलाई झन् आश्रय दिँदै
निर्दोषलाई उल्टै जेलभित्रै हालेका छन्

आमाका सन्तान आपसमा जुधिरहँदा 
सत्रुले आक्रमणमा पाइला चालेका छन्

कुखुराको चल्लालाई गाडीले ठक्कर दिँदा
त्यै निहुँमा कालो पार्ने टायर बालेका छन्

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।