खुल्ला हृदयमा मात्र संसारको अस्तित्व कायम् राख्न सकिन्छ

खुल्ला हृदयमा मात्र संसारको अस्तित्व कायम् राख्न सकिन्छ अनि विस्वासको पात्रहरुबाट मात्र विस्वासको कार्यहरु सम्पन्नको आशा गर्नु उचित हुन्छ । कुरा हो नेपाल तामाङ कलाकार संघको आयोजनामा मृगौला रोगबाट पीडित सागितकर्मी पूर्ण गुरुङ्गको सयोगार्थ भृकुटी मण्डपमा आयोजित ३ दिने साँगितिक कार्यक्रमको । निकै सहयोगी मनहरु र विचारहरु भएका मानिसहरुको उपस्थिती थियो । मेरो अन्तिम् दिनको उपस्थितिले निकै मनमा आनन्दले हलचल गर्ने मौका पाएकोमा हषिर्त अनुभव गर्दै आफूलाई नै सागितमा भुलाइदिए अनि ती चर्चित अनुहारहरुसँग नजिकबाट नियाल्ने मौका पाए । 

नेपालकै चर्चा बटुल्न सफल सागितकर्मीहरुको उपस्थितिले दर्शक आफूलाई सागितको तालमा नचाउन युवायुवतीहरुको जमात तम्सिएका थिए । मानौं कि त्यहाँ एक नयाँ जीवनको लागि मानिसहरु स्वस्फूर्त लागिपरेका छन् । जेहोस् मानिसहरुले आफ्नो पैसाको सदुपयोगको साथसाथै ती मानिसहरुको उपस्थितिले एक किसिमको सहयोग नै प्राप्त भएको थियो । कुनैपनि कलाकार देशको गहना मानिन्छ तर त्यस्तो गहनाको खासैं मतलब नराख्नु दुर्भाग्यको कुरा हो । 

तर नेपाल तामाङ कलाकार साघको यस किसिमको कार्यको सह्रना सबैले गर्नैपर्छ र उर्जा थप्न तपाई हामी जस्ता मानिसको सहयोगी हृदयको आवश्यक देखिन्छ । कलाकारहरुको यस किसिमको सहयोगमा, सहयोगको हात फैलाउन निकै सहयोगी हृदयका मानिसहरुको उपस्थिति थिए । त्यसैले हामी जस्ता हृदय भएका मानिसहरुको मन यसप्रति जानु आवश्यक छ । यो जीवनदानको प्रयास केवल पूर्ण गुरुङ्गको जीवनको मात्र सवाल होईन, देशको गहनाको सरसम्मानको खातिर हो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।