फेब्रुअरी १४

फेब्रुअरी १४
नामैले चर्चित यो दिन
मनाउछन् युवाहरु प्रणय दिवस भनी
फगत हिड्छन जोडीहरु
फोर्छन सारा उकुस्मुकुस
साटासाट् हुन्छ आत्माको
साटासाट् हुन्छ मायाको
अनि
साटासाट् हुन्छ त्यही दुई शब्द प्रेमको
आहा कती राम्रो प्रणय दिवस !!

मनका कुरा फुटाउन
रोज्छन सबै बिशेष दिन
फेब्रुअरी १४ प्रणय दिवस
हुन्छन यसैको प्रतिक्षामा
मनको आबेग्लाई बढाइदिन्छन्
सपनाकै संसार भएपनी रमाउन
यसले लगाउछन संसारलाई नै प्रेममयी
आहा कती राम्रो प्रणय दिवस !!

नसोच्नेलाई
सोच्न वाध्य बनाउछ
तारा हेर्न नचाहनेलाई
सपनाकै संसार भएपनी
 जिउन लगाउछ
सुन्दर सपनाहरु देख्न
कुर्न लगाउछन्
आहा कती राम्रो प्रणय दिवस !!

कोहीकोही बिरोध गर्छन्
बिकृति ल्याउन लाग्यो भन्दै
बिरोध जती भएपनी
मनाउनेले यो मनाउदै गर्छन्
जोडी नहुनेहरु टार्छन
हेरेरै भएपनी
दुखी मनको पिडालाई छोपी
भित्रभित्रै रोइरहन्छन
नहुनेलाई पिडाको सागरमा डुबाइदिने
आहा कती राम्रो प्रणय दिवस !!

हुनेहरु
जोडी बनाइ हिड्छन
मस्किमस्की मायाको संसार सजाउन गर्छन्
अनेकथरी मायाकै महलमै जिउने भनी
सुन्दर सपनामै लिप्त हुन्छ
नहुनेहरु त केवल हेर्छन
आशुको घुट्को पिउदै
मनमा अनेक व्यथा बोकी
व्यथाकै खाडलमा रुमलिन्छन
आहा कती राम्रो प्रणय दिवस !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।