बिचित्रको भाग्य हाम्रो

बिचित्रको भाग्य हाम्रो
अचम्मको देश
ठग्नेहरुको मुस्कान राम्रो
बाहिरी आकर्सक भेश !!

उत्ता घरको पीडाको रोदनमा
अर्को छिमेकिमा हासो छाउछ
दिलको छट्पटाहट् चित्कारमा
अरु सबै मौन हुन्छ !!

भरियाको पीडा केवल
श्रम गर्नेलाई मात्रा थाहा हुन्छ
शोषकले गर्ने अत्याचार केवल
दमन गर्ने स्वार्थमा निहित हुन्छ !!

मान्छेले मान्छेलाई थिचोमिचो  किन
बिभिन्न जातजाती बनाएर
काटे आउछ सबैको त्यही रातो रगत
अल्झाउछौ यस्तो कुशासन लादेर  किन!!

दलित बनी हेला गर्छन्
श्रम र सीप चाँही चलेकै छन्
भावना आखिर एउटै हुन्छन्
बिभेद्को समस्या निकाल्छौ किन !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।