हुनुपर्छ समान बिभाजन राज्यको
जनताको चाहना स्वशासन राज्यको
हुन्न कि
नउठे त अझैँ सुन्न कि...............।।
जनताको चाहना स्वशासन राज्यको
हुन्न कि
नउठे त अझैँ सुन्न कि...............।।
स्वार्थी माया लाउनु बजारको चल्ती हो
साँचो माया पाउछु भनी दौड्नु गल्ती भो
चेतियो
निस्ठुरीले मुटु रेटियो........................।
साँचो माया पाउछु भनी दौड्नु गल्ती भो
चेतियो
निस्ठुरीले मुटु रेटियो........................।
दु:ख-सुख जत्ती छन् आधा आधा बाडौँला
न्यानो हाम्रो साथ त्यो अङ्गालोमै साटौँला
बाचा तोडेर
जान्न कैल्यै बाटो मोडेर......................।।
न्यानो हाम्रो साथ त्यो अङ्गालोमै साटौँला
बाचा तोडेर
जान्न कैल्यै बाटो मोडेर......................।।
गेडी:
ह्राङलान ह्युल्सादा ह्याङसेन स्होदोला
ताम्सालिङ ह्याङला दिमरिन बादोला
निदोजी
आपिन्सामी थेदा खिदोजी ।
ह्राङलान ह्युल्सादा ह्याङसेन स्होदोला
ताम्सालिङ ह्याङला दिमरिन बादोला
निदोजी
आपिन्सामी थेदा खिदोजी ।
अशान्तिले सबैको भित्री मन जल्या' छ
बैमानिको हातैमा आज देश चल्या'छ
सोच्या' भएन
प्रगतिमा देश गएन ....................।।
बैमानिको हातैमा आज देश चल्या'छ
सोच्या' भएन
प्रगतिमा देश गएन ....................।।
साङगेला मोलम ह्याङसेन किन्दासी
सुस्हेरदा फ्योकसी सेमग्याम ल्हिदासी
ब्राइले छ्याम
सोदासिले गोर्गी ग्याम ।
सुस्हेरदा फ्योकसी सेमग्याम ल्हिदासी
ब्राइले छ्याम
सोदासिले गोर्गी ग्याम ।
पर्देशमा बेहाल चाकरी भो जिन्दगी
जीवन सारा कमाइको भो बन्दगी
टालेर
कमाउदै छु आश पालेर ।।
जीवन सारा कमाइको भो बन्दगी
टालेर
कमाउदै छु आश पालेर ।।
डुबाएछन् नेताले हामी सोझो परेर
आफ्नो स्वार्थ कमाई दौड्यो खोला तरेर
ट्वाल्ल पार्दिए
जनताको त्यो आश मार्दिए ।
आफ्नो स्वार्थ कमाई दौड्यो खोला तरेर
ट्वाल्ल पार्दिए
जनताको त्यो आश मार्दिए ।
कत्तिन्जेल बसौला ब्यर्थ मुख ताकेर
पाइन्न हो यसरी अधिकार मागेर
अब जागौ न
हाम्रो निम्ती आँफै लागौ न ।
पाइन्न हो यसरी अधिकार मागेर
अब जागौ न
हाम्रो निम्ती आँफै लागौ न ।
गरीबलाई ऋनमा ऋन थप्ने यो दशै
धनीलाई मस्ती यो खुबै फाप्ने यो दशै
थिचेर
मर्ने गरीब ऋनले किचेर ।
धनीलाई मस्ती यो खुबै फाप्ने यो दशै
थिचेर
मर्ने गरीब ऋनले किचेर ।
दरिलो मुटु भगवानले मलाई किन दिएन
आट्छु भनी आट्न यो आँट किन आएन
पा'छैन
पिरतिका गीत गा'छैन ।।
आट्छु भनी आट्न यो आँट किन आएन
पा'छैन
पिरतिका गीत गा'छैन ।।
भित्रभित्रै मनमनै तिम्लाई मन पराएँ
मनमा तिमी भए'नि भन्नलाई डराएँ
बस्छु पर्खेर
आउनु त्यै माया फर्केर ।।
मनमा तिमी भए'नि भन्नलाई डराएँ
बस्छु पर्खेर
आउनु त्यै माया फर्केर ।।
भोट मागी जनतालाई नराम्रारी ठगियो
सोझो जनता मिठो त्यो भाषन मै फसियो
उठौँ भएन
हाम्रो अहँ शासन आएन ।।
सोझो जनता मिठो त्यो भाषन मै फसियो
उठौँ भएन
हाम्रो अहँ शासन आएन ।।
गाउबाट ढाटेर शहरमा आएको
काम गर्न नपाई यताउती धाएको
केही गरौला
दु:खसँगै माया भरौला ।
काम गर्न नपाई यताउती धाएको
केही गरौला
दु:खसँगै माया भरौला ।
परदेशमा गै टन्न धन कमाई ल्याउला
उडेको त्यो खरको छाना जस्ताले छाउला
हाँसौला
खुशी साथ जीवन काटौला ।।
उडेको त्यो खरको छाना जस्ताले छाउला
हाँसौला
खुशी साथ जीवन काटौला ।।
मलाई झै फसाई अरुलाई नि ढाँटिछ
मनभन्दा धनको फिक्का माया साटिछ
गर्दिनँ
केटीको मिठो बोलिमा फस्दिनँ ।
मनभन्दा धनको फिक्का माया साटिछ
गर्दिनँ
केटीको मिठो बोलिमा फस्दिनँ ।
पुग्नेगरी सम्पत्ती कमाएर आउँला
तिमीलाई मायाको उपहार ल्याउला
सँगै बसौला
पिरतिको डोरी कसौला ।
तिमीलाई मायाको उपहार ल्याउला
सँगै बसौला
पिरतिको डोरी कसौला ।
सिमानामा पराइले तराई नै मिचियो
स्वाभिमान वीर ती योद्धाको किल्चियो
हामी नेपाली
तराई दुख्दा रुन्छ हिमाली ।।
स्वाभिमान वीर ती योद्धाको किल्चियो
हामी नेपाली
तराई दुख्दा रुन्छ हिमाली ।।
आफ्नो भुमी अरुको भनी सिमा मिचिँदा
सहौ कत्ती, नेपाली स्वाभिमान किचिँदा
हप्काऔँ अब
नमाने त छप्काऔँ आब...........ll
सहौ कत्ती, नेपाली स्वाभिमान किचिँदा
हप्काऔँ अब
नमाने त छप्काऔँ आब...........ll


