उत्पीडित जागरण अभियान समाजको केन्द्रीय सदस्य तथा सर्जक रचना मोक्तान तामाङ " यात्री" ले भर्खर आधुनिक गजल गीत " एक पल मुस्कान " डम्फु मिडियाबाट सार्वजनिक गरेका छन । मोक्तान पेसाले शिक्षक हुन भने उनी विभिन्न संघ सस्थामा आवद्ध रहदै समाज सेवामा अगि बढ्दै छिन । तामाङ र नेपाली साहित्यमा कलम चलाउदै आएकी मोक्तानले आपदविपदमा परेका आर्थिक विपन्न विरामीलाई सहयोग पनि गर्दै आएकी छिन । कविता, कथा र चिठी विधामा कलम चलाउदै आएकी मोक्तानको गीत भने यो पहिलो नै रहेको छ । गीत सुन्दा गीत सदाबहर चल्ने खालको देखिन्छ ।
गीतमा प्रेममा धोका पाएको र अरुको प्रेम देख्दा आफूले किन्न पाए किन्ने भाव झल्किन्छ । सङ्गै हिड्ने सहयात्रीले दोबाटोमा छोडेपछी एक्लै भएको र यो धर्ती नै फाटे जस्तो अनि आफ्नै शरीर बोझ भएर ढले जस्तो लागेको प्रेम भाव देखिन्छ
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !