उत्पीडित जागरण अभियान समाजको बिशेष सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न ।

मणिकलाल घिसिङ तमाङ
२५ फागुन, २०७५ । काठमाडौं । 

अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर, क्यान्सर सोसाइटी नेपाल, नेपाल क्यान्सर हस्पिटल, उत्पीडित जागरण अभियान समाज र लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलको आयोजनामा निशुल्क एक दिने स्वास्थ्य शिबिर भब्यताका साथ सम्पन्न भएको छ । धुलिखेल  नगरपालिकाका मेयर अशोक बेन्जुको प्रमुख आतिथ्य, लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलका अध्यक्ष महेश गोयलको सभापतित्वमा कार्यक्रम भएको थियो ।  क्यान्सर सोसाइटी नेपालका अध्यक्ष राम नाथ मैनाली, नेपाल क्यान्सर हस्पिटलका सिनियर डाक्टर मुरारी श्रेष्ठ, धुलिखेल नगरपालिकाका वडा न १२ का अध्यक्ष हर्क बहादुर गुरुङ, उत्पीडित जागरण अभियान समाजका महासचिब मणिकलाल घिसिङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई आसन ग्रहण गराएका थिए ।

लायन्स क्लब अफ काठमाण्डौको आयोजनामा "पाठेघरको मुखको क्यान्सर बिषयमा जनचेतना तथा निशुल्क स्वास्थ्य परिक्षण" नाम दिईएको यस अभियानलाई नेपाल क्यान्सर हस्पिटल, क्यान्सर सोसाईटी नेपालले प्राबिधिक सहयोग र उत्पीडित जागरन अभियान समाजले भब्य रुपमा प्रचार प्रसार, सहयोग रहेका थिए । स्थानिय रुपमा वडा नं. १२ का अध्यक्ष हर्क बहादुर तामाङ र युवा समाजसेवी सन्जिता लामाले ब्यबस्थापन र संयोजन गरेका थिए ।

धेरै संख्यामा बिरामीहरु आउँदा समय अभावका कारण लगभग ११८ जना बिरामीहरुले प्रत्यक्ष रुपमा निशुल्क सेवा प्राप्त गरे । शिबिरका स्थानिय ब्यबस्थापक तथा संयोजक सन्जिता लामा अनुसार, "१०० जना जत्ती आउछन् होला भनेर अनुमान गरेकी थिएँ तर १६० भन्दा बढीले उपस्थिती जनाए । त्यसैले कार्यक्रम सोचे भन्दा भब्य भएको छ ।" उनले थप्दै भने,  कतिपय अवस्थामा महिलाहरु आर्थिक अभाबका कारण उपचार हुन नपाएका अवस्थाहरु छन् तेसैले रोग लुकाउछन् ।  

क्यान्सर सोसाईटी नेपालका अध्यक्ष राम नाथ मैनालीले २०६१ सालमा स्थापित क्यान्सर सोसाइटी नेपालको स्थापनाका उद्धेश्य र महत्व बारे जानकारी दिदै यसले बिभिन्न स्थानहरुमा क्यान्सर सम्बन्धी जनचेतनाका अभियान गर्दै आइरहेको बताए । उनले थप्दै भने, "जीवनको अन्तिम घडीमा क्यान्सर भएर उपचार हुन नसकेकाहरुको पनि उपचार गरेका छौं ।" 

क्यान्सर रोग सम्बन्धी जानकारी गराउदै नेपाल क्यान्सर हस्पिटलका सिनियर डाक्टर मुरारी श्रेष्ठले भने, "गाउँ ठाउँमा भएका महिलाहरुले बेला बेलामा परिक्षन गरेमा प्रारम्भिक चरन मै रोग पत्ता लाउन सकिन्छ । र प्रारम्भिक अवस्थामा पत्ता लाएका क्यान्सरहरु उपचारबाट निको हुन्छ ।" क्यान्सर बंशनुगत र वातावरनिय कृयाकलापले लाग्न सक्ने बताए ।
     
लायन्स क्लब अफ काठमाण्डौका अध्यक्ष महेश गोयलले सबैलाई सम्बोधन गर्दै भने, "लायन्स क्लब सामाजिक कार्य गर्ने सबैभन्दा ठुलो संस्था हो । अन्तराष्ट्रिय रुपमा ग्लोबमा हेर्ने हो भने सदस्यहरुको संख्या मात्र १४ लाख रहेका छन् ।" यसखाले सामाजिक कार्यमा लायन्स सधैं तत्पर रहेको बताए । थप्दै भने, "जहाँँ समस्या, त्यहाँ लायन्स हाम्रो कार्य शैली हो ।"

उत्पीडित जागरण अभियान समाजका महसाचिब मणिकलाल घिसिङले शंखु पाटिचौरको प्राङ्गन भाग्यमानी भएको भन्दै थपे, "सामाजिक, आर्थिक र राजनैतिक जस्ता बिभिन्न अभियान सन्चालन गरीआएको संस्थाले यो सहकार्य गर्न पाउदा खुशी लागेको छ । र भोली भोली भन्दै परको भोलीमा उपचार ढिला नगर्नु, फेरी भोली नै जीवनको अन्तिम दिन बने, कत्ती नरमाइलो ।"     

धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जुले धन्यवाद ब्यक्त गर्दै भने,  "पहाडी क्षेत्रमा बस्ने भएकोले, दु:ख कठिनाईहरु धेरै छन् र रोग सम्बन्धी ज्ञान छैन । हाम्रो समाज अझै पनि अन्धबिश्वासमा अल्झिरहेका छन् । गरिबी र त्यसमा धामी झाक्रिको विश्वाशले उपचार गरीरहेका छौँ जुन् रोग धामी झाक्रीले उपचार गर्ने नै होइन ।" 

उत्पिडित जाँगरण अभियान समाजका अध्यक्ष जि.एम्. लोप्चनले कार्यक्रम सफल भएकोमा आफ्ना बिचारहरू राख्दै भने, "हामीले यसलाई अझैं ब्यबस्थित ढंगबाट सम्पन्न गर्नको लागि अन्तराष्ट्रिय रुपमा स्थापित संस्था, लायन्सलाई मुख्य आयोजकको रुपमा उभ्याई भब्य बनाउने निर्णय गरियो । हाम्रो संस्थाले यो सहकार्यको लागि सक्दो सहयोग गर्यौं र परिणामत: भब्यताका साथ सफल भयो ।"

वडा नम्बर १२ का अध्यक्ष हर्क बहादुर तामाङले आफ्नो स्थान छानेकोमा खुशी ब्यक्त गर्दै, आगामी दिनमा नाक कान घाटी र अन्य रोग सम्बन्धी शिबिर ल्याए, अझै सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए । डाक्टर मुरारी श्रेष्ठले महिला सम्बन्धि आएका बिभिन्न समस्याहरुको ओरिएण्टेशन क्लास लिई प्रत्यक्ष रुपमा जिज्ञासा समाधान गर्ने प्रयास गरे । कार्यक्रम संचालन तथा ब्यबस्थापन स्वास्थ्य चौकीका इन्चार्ज नमुना गुरुङले गरेका थिए । स्थानिय रुपमा नाम दर्ता गर्न अनामिका अस्मिता दोङ लगायतका सदस्यहरु थिए । उत्पिडित जागरण अभियान समाजको तर्फबाट महासचिब मणिकलाल घिसिङको संयोजकत्वमा ६ सदस्यिय टोली शर्मिला लोप्चन, रमिता लामा, चक्र घिसिङ, उषा घिसिङ, शंकर योन्जन पुगेका थिए ।  















0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।