समाज सुधार मा.बि.का साथीहरुसँग:

प्रिय सहर भक्तपुरका प्रिय साथीहरुसँग बर्षौ पछी भेट हुदाका क्षणहरुले मनमा आनन्दित तुल्याएको छ ! त्यो सम्मान, त्यो माया अनि त्यो स्वागत लाग्दथ्यो एक बरिस्ठ नेताको सम्मानमा लागिए झैँको अवस्था ! पहिले सँगै पढ्दा "तिम्रो नाम के हो?" हो भनेर कसैले सोध्दा मेरो नाम मात्र भनेर चुपो लागेर बस्ने मेरो प्रकृति, तर यो भेटघाटमा मैले केहि कुराहरु राख्दा "नेता/साहित्यकार" लगायतका अन्य उपमाहरू मेरा लागि प्रयोग गर्न भ्याएका थिए मित्रहरुले !

मेरा मित्र रामकुमारी प्रजापति फेसबुकमा म्यासेज मार्फत जानकारी गराउदै थिई, "मणिक मैले हाम्रा ब्याचमा पढ्ने र सम्पर्कमा हुने साथीहरुलाई यहि शनिबार क्लब नाइन रेस्टुरेन्टमा भेटघाटको लागि बोलाएको छु, तिमी आउन सक्छौ?' मैले उनको यो प्रस्ताब लगभग एक वर्ष अघिदेखि सुन्न चाहिरहेको थिएँ, बल्ल पुरा भो भनेर मनले मनलाई सुनाउदै निर्धकक जवाफ दिएँ "जरुर मेरो उपस्थिति रहने छ !" 


त्यस दिन मौषमले साथ नदिराखेको अबस्था थियो ! मौसमलाई धैर्यधारण गर्न अनुरोध गरें तर तर मौसमले मेरो अनुरोधलाई अस्विकार्दै आकाशलाई गड्याङगुड्युङ गर्न आदेश दिदा मेरा इच्छाले निराश हात पार्नुपरेकोमा मनले पीडानुभुत गर्दै थिए ! मनलाई धैर्यधारण गर्न गरेको अनुरोधलाई सहर्षता हाशिल मेरो प्रिय मान्छेहरुको प्रिय शहर भक्तपुर, अनि निरन्तर मनले इच्छाउदै थियो र मेरा पाइलाहरु निरन्तर मेरा इछाहरुलाई पछ्याउदै निरन्तर बढिरहेथ्यो ! कोटेश्वर उता फराकिलो सडक भएपनि मै चढेको गाडी अघिल्लोतिर ठुलै लामो जाम लम्पसार पर्दै थियो ! यसलाई छिचोल्दै बल्ल बसले निश्चित गति लिदै भक्तपुर तिर लम्किने मौका पाएको थियो !

कोहि साथीहरुले त मेरो अनुहार नै याद नभएको र ममा शारिरिक बौद्धिक सबै चिजहरुमा पहिलेको भन्दा धेरै परिवर्तन आएको कुरा भन्न भ्याएका थिए ! लगभग आधा भन्दा बढी साथीहरु पारिवारिक बन्धनमा बाधिसकेकोले सम्पूर्णलाई उपस्थित गराउन सम्भब थिएन ! एक जना मित्र बाहेक सबै अबिबाहित ११ जनाको जम्बो भेटमा साथीहरुको ध्यान मै तिर बारम्बार खिच्दै थियो ! उपस्थित सम्पूर्ण साथीहरु सम्पूर्ण नेवारहरु हुदा प्रायस: गफ नेवारी भाषामा हुदा साथीहरु गलल हास्दा मैले पनि नबुझेरै र थोरै बुझेर सम्पूर्ण हासो साट्नुपर्ने अबस्था थियो !

मैले उपस्थित हुन बाकि साथीहरुलाई सम्झिरहेथे ! फेसबुकमा यो पोस्ट यहाँयहाँ छन्...

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।