शान्तिमायालाई सहयोग रकम हस्तान्तरण

सन्चु ब्लोन 
शान्तिमाया दोङ तामाङलाई उपचारको लागि दक्षिणकोरिया र इजरायलमा रहेका नेपालीहरुले संकलन गरि पठाएको सहयोग रकम शुक्रबार राजधानिमा एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ ।

राजधानिको जनजन्चार अभियानमा तामाङ सन्चार समुहले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत शान्ति माया दोङको बुबा तेज बहादुर दोङलाई एकमुष्ट २ लाख ५३ हजार रुपियाा हस्तान्तरण गरिएको हो । नेपाल तामाङ संघ दक्षिणकोरियाबाट संकलन गरि पठाएको र इजरायलमा रहेका नेपालीहरुले संकलन गरि पठाएको रकम एकैसाथ हस्तान्तरण गरिएको हो । नेपाल तामाङ संघ दक्षिणकोरियाका उपाध्यक्ष सागर जिम्बा तामाङको अगुवाइमा दक्षिणकोरियामा रहेका नेपालीहरुबाट संकलित १ लाख ७३ हजार रकम सरिता लामा र इजरायलमा रहेका दोर्जे पाख्रिन तामाङ र दिप्मा मोक्तानको सकृयतामा संकलित ८० हजार रकम नेपाल तामाङ समाज इजरायलकि सदस्य चन्द्रमाया लामाबाट शान्तिको बुबालाई हस्तान्तरण गरिएको थियो ।
वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेकी मकवानपुर सुकौरा गाविस बडा नम्बर–३, कि नेपाली चेली अर्धचेत अवस्थामा नेपाल फर्काइएकोमा हाल पनि उह...ि अवस्थामा रहेको छ । पत्रकार सम्मेलनमा शान्तिको बारेमा जानकारी दिदै शान्तिको बुबा तेज बहादुर तामाङले शान्तिको स्वास्थ्यमा सुधार आउने आशा ब्यक्ता गर्नुभयो । उहााले आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुहुदै छोरीको उपचारमा सो रकम खर्च गर्ने बचान दिनुभयो ।

कार्यक्रममा तामाङ सन्चार समुहका अध्यक्ष जगत दोङले सहयोग प्रदान गर्ने अवसर सन्चार समुहलाई दिइएको सहयोग दाता संस्था तथा ब्यक्तिलाई धन्यवाद दिदै शान्तिमायाको उपचारमा सहयोग पुराउन सन्चारकर्मिहरुले आफ्नो ठाउाबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नु जुरुरी रहेकोमा जोड दिनुभयो । त्यस्तै नेपाल तामाङ समाज इजरायलकि सदस्य चन्द्रमाया लामाले शान्तिको लागि इजरायलमा रहेका नेपालीको सहयोग सानैभएपनि यसले उपचारमा टेवा पुग्ने भन्दै सहयोग रकम सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।

शान्तिमाया दोङ लामो समयसम्म कुवेतको एक अस्पतालमा अर्धचेत अवस्थामा रहेकोमा २०६८ साउन १९ गते नेपाल सरकार र कुवेतमा रहेका नेपालीहरुको पहलमा नेपाल झिकाइएको थियो । त्यसपश्चात् शान्तिमायालाई पाटन अस्पतालमा चार महिना उपचाररत राखिए पनि आर्थिक अभावले उपचार गराउन नसकिएपछि अर्धचेत अवस्थामै सुकौरास्थित घरमा राखिएको छ । मृत्युसाग लडिरहेकी शान्तिमायाको उपचारको लागि सरकारी तबरबाट बेवास्ता भएपनि स्वदेश तथा विदेशमा रहेका कतिपय सहयोगी मन भएका नेपालीहरुले सहयोग जारी रहेको छ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।