त्यो दिन आज पनि सम्झिन्छु

पानी पर्‍यो, रोक्यो, घाम लाग्यो । एक कार्यक्रममा जानु थियो, हतारोमा निस्किहालेँ । कार्यक्रम स्थल पुगियो, कार्यक्रम जानुको फाईदा लुटियो । बिशेष त त्यो फाँपरको रोटी, कुखुराको मासु अनि गुन्द्रुकको सुख्खा अचार थियो । कार्य्क्रम सकियो, फर्किने बेलाँ' झम्झम पानी पर्‍यो । रोकिएँ केही बेर त, तर मेरो त्यो रोकाइमा पानीले रोक्ने कुनै नामनिशाना नै लिएको थिएन । म पनि के कम्, पानीको त्यो प्रहारलाई जित्छु भनी कुदिहालेँ, पानीले त ४-५ मिनेटको अन्तरालमै मेरो जिउ निथ्रुक्कै पारीदिएछ । ओत दिने छाता साथमा नहुँदा बिजोग शरीरको । ट्याक्सी रोकाएँ, सोधेँ "कत्ती हो ठमेलसम्म जान?" जवाफ "४५०" । हिड्यो भने जम्मा १५-१७ मिनेटको बाटो ।

त्यसै भिजियो, उसै भिजियो बरु हिड्छु भनी कुदेँ । निथ्रुक्कै ।  भरी पानी, अगाडि पट्टी एक लगभग २०-२२ को नानु छाता लिएर बाटो नै ढाक्ने गरी हिड्दै थिई । आफुलाई हतार भा' बेलाँ' न अगाडी जान दिनु । द्रुत गरिमा आएको एक ट्याक्सीले मेरो पछाडिको पाइन्टको भाग पुरै भिज्ने गरी पानी उछिट्ट्याउदा मनमनै अनेक गाली गरिदिए । किनभने जत्ती सुकै रिस उठ्दा नि ठुलो स्वरमा गाली गर्ने बानी छैन सम्झेदेखिको ।

आइफोन निकाले, धन्न पानीको भिजाइ खेप्नुपरेन र'छ । आइफोनको लागि सिँगो एक छाता किने । सदा रत्नपार्कमा १२०-१२० भन्या' त्यो छाताको मोल पनि पानीले ह्वात्तै बढाइदिछ । ३८० रे । मिलाएर अली अली घटाऊन सकिन्थ्यो भाउ शायद तर बार्गेनिङ समय बर्बाद नगरि ४०० दिए, खुद्रा छैन रे । भो भईगो त्यो २० रुपैया नि तपाईं नै राख्नुस् भनी बाटो तताएँ । आफू भिजेर निथ्रुक्क, तर आइफोनको लागि १२० को छाता ४०० मा किन्दिएँ हेहे ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।