नाफा कसलाई..........घाटा कसलाई..............?

गरिब घाटामा,
भाग भन्दा बन्डा धेरै

दलाल नाफामा,
सेतो भन्दा कालो धन्दा धेरै

कानुन घाटामा,
न्याय भन्दा अन्याय नदेख्ने अन्धा धेरै

नेता नाफामा,
जनता भन्दा पार्टी संगठनहरुको झन्डा धेरै

किसान घाटामा,
निस्किएको चल्ला भन्दा कुहिएको अन्डा धेरै

ठग नाफामा,
काम गर्नेहरुको तलब भन्दा माग्नेहरुको चन्दा धेरै

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।