भौतिक रुपमा हामी टाढा रहेपनि

भौतिक रुपमा हामी टाढा रहेपनि एकै छाना मुनी जस्तो बसेको भान हुन्छ चौतारीमा,,,कहिले म नहुँदा अरुले सम्हाल्नुपर्ने हुन्छ कहिले हजुर नहुँदा मैले सम्हाल्नुपर्ने हुन्छ । तर स्याहार्सुसार गर्ने गराउने काम हामी बाट नै हुनुपर्छ । हामी युवाहरुको जोश र जागरलाई कार्यक्षेत्रमा प्रस्तुत भएको हेर्न रुचाउछौ । हामीले केही महत्वपूर्ण कामहरु पनि सम्पन्न गर्‍यौ । जसको राम्रो प्रतिकृयाहरु पनि आएका छन् । तपाईंहरुको साथ र सहयोग रहे त अझै पनि तामाङ समाजको लागि हामीले केही गर्न सक्छौ भन्ने लाग्छ । हाम्रा कार्यहरुहरुमा तपाईंहरुले प्रेरित नगरेसम्म अपुरो नै हुनेछौ ।

वास्तवमै तपाईंभित्र तामाङ हुनुको सच्चा गर्ब छ, यही सबैभन्दा तामाङ हुनुको पहिचान र "तामाङ" हुनु हो । हामीले बेलाबखत आफुलाई तामाङ भन्न नरुचाउनेहरु पनि देखेका छौ । जसलाई आफ्नो जातप्रती र धर्मसस्कार प्रती नै आस्था र विश्वाश हुन्न, तिनिहरुलाई के नै थाहा हुन्छ र आफ्नोत्वको । हुनु त तामाङहरुलाई एकजुट बनाउन बिभिन्न संघ सस्था तथा संगठन खोलेका पनि छन् । जुन रुपमा तिनिहरुको नारा छ, सम्पूर्ण रुपमा सम्बोधन हुन्न र सम्बोधन भैहालेमा कार्यन्वायन पक्ष केही मात्रमा फितलो नै देखिन्छ । हामीले ठोकुवा गरेर भन्न सक्दैनौ कि तिनिहरुले केही काम गरेक छैन भनेर । किनभने तामाङहरुको हित गर्छु भनेर लागेका संघ सस्थाहरुले केही नै केही समाजको लागि गरेकै हुन्छ । यो कुरालाई भने हामीले आत्मासात गर्नै पर्छ । तामाङ चौतारी छोटो समयमा पाएको यो सफलतालाई हामीले सकरात्मक बिकासको सङ्ज्ञा दिदा पनि फरक नपर्ला ।

युवा जोश र जागरले भरिएको यो चौतारीमा थोरै समयमा केही उल्लेख्यिय कामहरु पनि भएका छन् । देशमा मात्र होइन बिदेशमा भएका सम्पूर्ण साथीहरुको पनि साथ र हौसला पाएकै छौ । त्यसैले त हामी आज एक ढिक्क भएका छौ र तामाङ चौतारी साचै तामाङहरुको ढुकढुकी बन्न सफल भएको छ । हामीले तामाङ कला सस्कृतिको सङ्रक्षण र सम्बर्धनको लागि सिडब्लु रेस्टुरेन्टमा पहिलो सँगगितिक कार्यक्रम गरेका थियौ । अनि त्यसबाट बचेँको पैसाले फेरी अर्को कार्यक्रम "निशुल्क स्वास्थ्य सिबिर" नुवाकोटको दुई पिपल भन्ने ठाउमा सम्पन्न गरेका पनि थियौ । जहाँ आर्थिक रुपले असहाय हाम्रै तामाङ दाजुभाइहरु थिए । त्यसै गरी अन्य थुप्रै कार्यक्रमहरु पनि गरेका थियौ । जसमध्ये पछील्लो समयमा आएर "तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०६७" पनि गर्‍यौ । यो गर्नुको मुख्य उद्धेश्य थियो "तामाङ चलचित्र र गीतहरु सङ्ख्यातमकतामा भन्दा पनि गुनात्मकतामा ल्याउन प्रेरणा दिनुपर्छ" । त्यसैले कलाकारहरुलाई आगामी दिनको लागि हौसला मिलोस भनेर ।

र आगामी दिनहरुमा तामाङ बस्तिमा रहेका समस्याहरुलाई हदै सम्म गर्न सकिने कार्यहरु पनि गर्नेछौ । जसअनुरुप हामी तामाङ बस्तिहरुको कथा ब्यथाहरुलाई समेटेर म्यागाजिन तयार पार्ने छौ । अर्को कुरा,,गरिब जो आर्थिक रुपले शिक्षा लिन सकेका छैनन् तिनिहरुलाई शिक्षाको त्यो उज्यालोबाट बन्चित हुनबाट रोक्न केही आर्थिक श्रोतहरु जुटाइदिने काम पनि गर्दै छौ । अर्को तत्कालाई गर्न लागेको भनेको कार्य "All Nepal Musical Tour" नै हो । जसबाट हामीले केही तामाङ गाउहरुलाई लक्षित गर्दै पर्यटकिय रुपले बिकास गर्ने सोच बनाएका पनि छौ । र यसरी हेर्दा त्यो गाउलाई अनि तामाङ बस्तिलाई पनि फाईदा हुने कुरा हामीले मनन गरेका छौ ।

हामीले बिभिन्न चरनमा तामाङ र तामाङ सम्बन्धी गाभिएका मुद्धहरुलाई पनि उठाएका छौ । आगामी दिनमा पनि यस किसिमको सल्लाह सुझावहरुको निरन्तरता होस् भन्ने हामी चाहन्छौ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।