मर्ने हो कि बाच्ने हो त्यो डर जनतालाई

मर्ने हो कि बाच्ने हो त्यो डर जनतालाई
बोक्नै नसकिने भारी त्यो कर जनतालाई

महल मोजमस्तीको चाहना हाम्रा नेतालाई
जिर्ण भत्किनै लागेको त्यो घर जनतालाई

कत्ति चुस्यो श्रम थाहा छैन हाम्रा नेतालाई
छुनै नसकिने मूल्यको त्यो दर जनतालाई

बेहाल भो देशको, के चासो हाम्रा नेतालाई
अर्को नाटकिय साथको त्यो भर जनतालाई

कत्ति आशु बह्यो वास्ता छैन हाम्रा नेतालाई
कामै नलाग्ने कुहिएको त्यो खर जनतालाई


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।